जुवातास खेल्ने पक्राउ

कपिलवस्तु, २२ कात्तिक
        कपिलबस्तु नगरपालिका-८ दोहनी चोकस्थित राईस मिलमा जुवातास खेलिरहेको अवस्थामा १९ जना ब्यक्तिहरुलाई नगद १ लाख २१ हजार ३ सय १५ रुपैयाँ, १३ वटा मोटरसाइकल र १५ थान मोबाईल सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको  छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।