जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, २२ कात्तिक
      गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोका बस्ने १२ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं माछापोखरी बस्ने धादिङ  चैनपुरका २१ वर्षीय रविन इटनी, सोही ठाउँ बस्ने बर्दिया बनगाहका ३० वर्षीय डिल्लीराम थारू र २८ वर्षीय बिक्कु थारू समेत ३ जनालाई बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बालिकालाई काठमाडौं कागेश्वरी मनहरा  नगरपालिका-६ मुलपानीस्थित कोठामा लगी जबरजस्ती करणी गरेका हुन् ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।