पटाका सहित पक्राउ

काठमाडौं, २२ कात्तिक
        काठमाडौं र दाङबाट विभिन्न प्रकारका पटाका सहित २ जनालाई प्रहरीले पक्राउ गर्नुका साथै विभिन्न प्रकारका पटाका बरामद गरेको छ ।  
    काठमाडौं महानगरपालिका-२ लाजिम्पाटमा सुप्रिम लिक्विड सप संचालन गरी बस्ने दैलेख नारायणपुर नगरपालिका-११ का २६ वर्षीय दिपक थापामगरलाई पसलमा लुकाई राखेको किङ कोब्रा पटाका २२ प्याकेट, गमला बम २ थान, चक्र पटाका ११ थान र झिरझिरे १ प्याकेट सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
    त्यसैगरी काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ ग्लोबल मार्टबाट चक्लेट पटाका २ थान, खुर्सानी पटाका ३४ प्याकेट, झिलझिले ११ प्याकेट र रकेट पटाका ३० थान बिहीबार दिउसो प्रहरीले बरामद गरेको छ ।
    दाङ राप्ति गाँउपालिका-१ पुलचोकस्थित महेन्द्र राजमार्गमा प्रहरीले जाँच गर्ने क्रममा लु.१ ख ४३०४ नम्बरको बसबाट ८ बण्डल ७० हजार थान खुर्सानी पटाका फेला पारी बस चालकलाई बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।