सवारी दुर्घटनामा मृत्यु

काठमाडौं, २० मङ्सिर
    चितवन, सिन्धुपाल्चोक र काठमाडौंमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
    काठमाडौं महानगरपालिका-२६ सामाखुसीस्थित सड्कमा बा.१ ज ८४५९ नम्बरको माइक्रोबसले बिहीबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने झापा केचना गाउँपालिका-३ का गोविन्द यादबको ३ वर्षीया छोरी जिया यादवको उपचारको क्रममा कान्ति अस्पताल महाराजगंजमा मृत्यु भएको छ । गाडी र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    चितवन भरतपुर महानगरपालिका-२९ रिद्धि खोलास्थित सडकमा ना.३ ख ४८२० नम्बरको कन्टेनरले ठक्कर दिँदा बिहीबार बिहान गम्भीर घाईते भएकी सोही ठाउँ बस्ने ८० वर्षाया पैदलयात्री बिभा भुजेलको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।  कन्टेनर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-११ बोडगाँउस्थित सडकमा लु.३ त ६६०६ नम्बरको ट्याक्टरबाट खस्न जाँदा सोही ठाउँ बस्ने २७ वर्षीय अशोल माझीको घटनास्थलमै मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।  
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।