अबैध लागूऔषध सहित पक्राउ

पर्सा, २० मङ्सिर     
     बीरगंज महानगरपालिका-१६ स्थित भंसार मुलगेटबाट  जाँच गर्ने क्रममा लागूऔषध चरेश १ किलो ५ सय ग्राम सहित भारत बिहार जिल्ला पटना कंकरबाग थाना मिहापुर बस्ने बिपिनकुमार कुर्मीलाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
    यसैगरी पर्सा बीरगंज महानगरपालिका-१६ स्थित रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध नोर्फिन ६ पिस, डाईजेपाम ६ पिस, फेनरागन ६ पिस र सिरिन्ज थान २ सहित २ जनालाई बिहीबार दिउसो लागूऔषध ब्युरो बीरगंज र प्रहरी चौकी ईनरूवाबाट खटिएको टोलीले प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बिदुर नगरपालिका-९ बस्ने ३० वर्षीय बसन्त मिजार र नुवाकोट लिखु गाउँपालिका-३ बस्ने २२ वर्षीय बिकेश तिमल्सिना रहेका छन् ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।