भरुवा बन्दुक बरामद

मोरङ, २७ पुस
 सुन्दर हरैचा नगरपालिका-६ स्थित हरियाली सामुदायिक जंगलको बाटो नजिकै झाडीमा २ थान भरुवा बन्दुक बेवारिशे अवस्थामा फेला पारी बिहीबार दिउसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गछीयाबाट खटिएको गस्ती प्रहरी टोलीले उक्त हतियार फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।