समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत विद्यालय सम्पर्क कार्यक्रम सम्पन्न

पर्वत, २७ पुस
समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा मोदी गाउँपालिका-७ स्थित पशुपति माबिमा बिहीबार विद्यालय सम्पर्क कार्यक्रम सम्पन्न भएको छ ।
    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद पौडेलले विद्यालय स्तरमा जनचेतना जागरण मुलक कार्यक्रमले नैतिक शिक्षाको विकास, बालबालिकामा सकारात्मक व्यवहारको विकास र प्रहरीसँगको सम्बन्ध राम्रो हुने बताउनुभयो ।
    कार्यक्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी अधिकृतले लागूऔषध परिचय, विविध अपराध, सुरक्षा जस्ता बिषयलाई समेटेर व्यवसायिक प्रहरीको भूमिका र समाजप्रतिको जिम्मेवारीको बारेमा सचेतनामूलक प्रस्तुतीकरण गरेका थिए ।  
     विद्यालयका प्रधानाध्यपक सूर्यप्रसाद पौडेलको अध्यक्षता आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थी, प्रहरी कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।