आगलागीबाट धनमाल नष्ट

काठमाडौं, २७ पुस
    संखुवासभा, प्युठान र सोलुखुम्बुमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ३५ लाख ७६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
    संखुवासभा सिलिचोङ गाउँपालिका-३ मुल गाँउ बस्ने पबन राईको घरमा शुक्रबार बिहान आगलागी हुँदा घर र मालसामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
    प्युठान स्वर्गद्वारी नगरपालिका-२ बस्ने आसाराम घर्ती लगायत ३ जनाको घरगोठमा बिहीबार बिहान आगलागी हुँदा २ वटा घर र ३ वटा गोठ जलेर करिब २२ लाख ८७ हजार रुपैयाँ  बराबरको धनमाल नष्ट भएको छ ।
    सोलुखुम्बु दुधकुण्ड नगरपालिका-२ स्थित याङदी शेर्पाको घरमा शुक्रबार बिहान आगलागी हुँदा  करिब २ लाख ८९ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । उक्त घरमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-४ का तेजबहादुर तामाङ बस्दै आएका थिए ।
स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।