नियन्त्रित लागूऔषध सहित पक्राउ

काठमाडौं, २७ पुस
 काठमाडौं महानगरपालिका- १४ बल्खुस्थित सडकबाट बर्दिया साविक महमदपुर-९ घर भएका ३२ वर्षीय लालबहादुर रानालाई नियन्त्रित लागूऔषध डाईजेल्याब ८ सय ३५ थान, नूर्फिन ८ सय ५४ थान, फेनारगन ८ सय ८६ थान, नेपाली नगद ३० हजार रुपैयाँ र १ थान मोबाइल सहित बिहीबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले कारोबार गर्ने मानिस कुरेर बसेको अवस्थामा उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-७ चाबहिलबाट सोही ठाउँ बस्ने ३२ वर्षीय विष्णु रिमाल र काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने २९ वर्षीय प्रताप नगरकोटीलाई नियन्त्रित लागूऔषध डाईजेपाम १ सय एम्पुल, ब्रुप्रेनोर्फिन १ सय एम्पुल र फेनारगन १ सय एम्पुल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।