बिभिन्न धनमाल चोरी

काठमाडौं, २८  पुस
    काठमाडौं बुढानिलकण्ठ नगरपालिका-६ खड्कागाँउस्थित उत्तम खड्काको घरबाट करिब २ लाख ६९ हजार रुपैयाँ बराबरको सुनका बिभिन्न गरगहना शुक्रबार दिउसो चोरी भएको छ ।
ललितपुर महानगरपालिका-४ जावलाखेलस्थित राजकुमार बोहराको पिनाकल बचत तथा ऋण सहकारी संस्थाबाट करिब ८ लाख रुपैयाँ र १ थान ल्यापटप शुक्रबार बिहान चोरी भएको छ ।
फरार चोरहरुको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा स्थानय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।