मृत अवस्थामा फेला

काठमाडौं,२८  पुस
सुनसरी ईटहरी उपमहानगरपालिका-४ स्थित सडक नजिकै रहेको खाली जग्गामा मोरङ शुन्दरहरैचा-९ घर भएका ५३ बर्षीय बद्री डाँगी शुक्रबार बेलुका मृत अवस्थामा फेला परेका छन् ।
भक्तपुर सूर्यबिनायक नगरपालिका-६ स्थित ईनभेष्टमेण्ट बैंक नजिकै हाल नाम, थर, वतन नखुलेका करिब ४५ बर्षीय पुरुष शुक्रबार दिउसो मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।