सवारी दुर्घटनामा मृत्यु

रोल्पा, २८  पुस
    परिवर्तन गाउँपालिका-६ कर्तमस्थित सडकमा सोही ठाँउ बस्ने १७ वर्षीय सहचालक टेकेन्द्र पुनले चलाएको ना.४ त ५३८४ नम्बरको ट्याक्टर सडकबाट करिब ३० मिटर तल खसेर शुक्रबार दिउसो दुर्घटना हुँदा गम्भीर घाइते भएका पुनलाई उपचारको लागि दाङतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।