विभिन्न हातहतियार सहित पक्राउ

गुल्मी, २८  पुस
बिभिन्न हातहतियार तथा कच्चापदार्थ सहित धुर्कोट गाउँपालिका-३ हाडहाडे बस्ने ५१ बर्षीय शेरबहादुर जिसीलाई शुक्रबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
    ईलाका प्रहरी कार्यालय पुर्कोटहदबाट खटिएको प्रहरी टोलीले जिसीको घर खानतलासी गर्दा घरमा बनाई राखेको एकनाले भरुवा बन्दुक १ थान, बनाउदै गरेको एकनाले भरुवा बन्दुक १ थान, मेड इन कलकत्ता लेखेको टोयएर गन १ थान, बारुद बनाउन प्रयोग गरिने युरिया आधा किलो, बारुद आधा किलो, गन्धक ४ सय ग्राम, पटका ५ पाकेट, गोली बनाउन प्रयोग गरिने सिसा करिब डेढ किलो, सटगनको गोली २ वटा, लङरेन्ज एयर राईफलको पेलेट १ प्याकेट, चुरी काट्ने मेसीन १ थान, ड्रील मेसीन १ थान, आरन पङ्खा १ थान र कच्चा नाल २ थान  समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।