श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

ईलाम, २८  पुस
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा सन्दकपुर गाउँपालिका- ५ बतासे बस्ने ३५ वर्षीय सोमबहादुर गुरुङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनले घरायसी बिबादको कारण रक्सीको बोतलले ३५ वर्षीया श्रीमती निरमाया गुरुङलाई प्रहार गर्दा घट्नास्थलमै मृत्यु भएको  थियो ।     
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।