हत्या गरेको अभियोगमा पक्राउ

सुनसरी, २८  पुस
    सुनसरी दुहवी नगरपालिका-९ छाताबेली बस्ने ५४ वर्षीय फिदा हुसेनलाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी दुहवी नगरपालिका-९ बस्ने २४ वर्षीय मोहमद जफार हुसेन र  दुहवी नगरपालिका-३ बस्ने २३ वर्षीय दिपककुमार साह रहेका छन् ।
 गत मंसिर ८ गते फिदाको गोली प्रहार गरी हत्या भएको घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले घटनामा संलग्न रहेका उनीहरुलाई पक्राउ गरेको हो ।  
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।