लागूऔषध सहित पक्राउ

पर्सा, २८  पुस
वीरगंज महानगरपालिका- १६ शंकर आचार्य गेट नजिकबाट लागूऔषध चरेश ५ किलो सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका-११ बस्ने १८ बर्षीय राज पंडित र कालिकामाई गाउँपालिका-२ बस्ने १७ बर्षिय अखलेश कानु रहेका छन ।
प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा शंका लागी जाँच गर्दा उक्त परिमाणको लागूऔषध सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।