अवैध लागूऔषध गाँजा सहित पक्राउ

धनकुटा, ७ माघ
   धनकुटा नगरपालिका-९ मुलघाटबाट शहिदभूमि गाउँपालिका-४ छिन्ताङ बस्ने २० वर्षीय भुपाल राई र सोही ठाउँ बस्ने २० वर्षीय जजल राईलाई लुकाईछिपाई ल्याएको करिब ४० किलो अवैध लागूऔषध गाँजा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरको छ ।
   सोही ठाउँस्थित प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले बा.२६ प ६५४० र को.११ प ३८२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।