चितुवाको छाला सहित पक्राउ

सुर्खेत, ७ माघ
बीरेन्द्रनगर नगरपालिका-३ एरिचोकबाट कालीकोट रासकोट नगरपालिका-४ सिउडी बस्ने २९ वर्षीय टंकप्रसाद उपाध्यायलाई चितुवाको छाला २ थान सहित आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । ५ नम्बर प्रदेश प्रहरी ब्यूरोबाट खटिएको प्रहरीले सोही ठाउँबाट  उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।