सेवाग्राहीलाई दु:ख दिने तथा बिचौलिया काम गर्ने पक्राउ

काठमाडौं, ७ माघ
कार्यालयमा आउने सेवाग्राहीलाई दु:ख दिने तथा बिचौलिया काम गर्ने काठमाडौं बुढानिलकण्ठ बस्ने नुवाकोट बिदुर नगरपालिका-४ का ५५ वर्षीय माधव थापा समेत ३ जनालाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१२ टेकुस्थित यातायात व्यवस्था विभाग अन्तर्गत भेहिकल फिटनेश सेन्टरबाट उक्त कार्यमा संलग्न उनीहरूलाई प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।