सवारी दुर्घटनामा मृत्यु

रूपन्देही, ७ माघ
    मायादेवी गाउँपालिका-७ स्थित हुलाकी सडकखण्डमा ना.५ ख.४८०७ नम्बरको ट्रकले लु.३० प ४३८२ नम्बरको मोटरसाइकललाई सोमबार दिउसो ठक्कर दिदाँ गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रोहिणी गाउँपालिका-६ का ६० वर्षीय राजाराम नाउको सिटी अस्पताल भैरहवामा हुँदै मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक उनकै छोरा २५ वर्षीय कृष्णप्रसाद नाउको सिटी अस्पताल भैरहवामा उपचार भईरहेको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।