नियन्त्रित लागूऔषध सहित पक्राउ

काठमाडौं, ७ माघ
    काठमाडौं चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगा चेकपोष्टबाट पर्सा बीरगंज महानगरपालिका-१ का १८ वर्षीय लड्डु शाह र बारा कलैया उपमहानगरपालिका-७ का २४ वर्षीय राजीव क्षेत्री खड्कालाई नियन्त्रित लागूऔषध डाइजोपाम-२१ एम्पुल, फेनरागन-२१ एम्पुल र नुर्फिन २१ एम्पुल सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । चेकपोष्टमा खटिएको प्रहरीले ना.७ ख ६५७७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा बीरगंज महानगरपालिका-१५ स्थित बर्मचोकबाट चितवन भरतपुर महानगरपालिका-८ बस्ने २५ वर्षीय जमिन बिक र सोही ठाउँ बस्ने ३० वर्षीय शंकर लामालाई नियन्त्रित लागूऔषध नुर्फिन १५ एम्पुल, डाईजोपाम १५ एम्पुल र फेनारगन १५ एम्पुल सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट उक्त परिमाणको लागूऔषध  फेला पारी पक्राउ गरेको हो ।
    कपिलवस्तु कृष्णनगर नगरपालिका-२ लिङकगेट चेकपोष्टबाट मकवानपुर हेटौडा बस्ने २५ वर्षीय विश्व मोक्तान लामा र दोलखा बिनेश्वषर नगरपालिका-५ माटी वस्ने ३० वर्षीय दामु भुजेललाई नियन्त्रित लागूऔषधसहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट लिङकगेटबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा लामाको साथबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ३ सय एम्पुल फेला पारी उनीहरूलाई पक्राउ गरेको    हो ।

सप्तरी सप्तरी बोदेबर्साईन नगरपालिका-५ स्थित सत्रुधन चोकबाट सिरहा लहान नगरपालिका-२३ बस्ने १८ वर्षीय भरत यादवलाई लागूऔषध नुर्फिन२९ एम्पुल, फेनारगन ५१ एम्पुल, डाईजेल्याप ५० एम्पुल र नाईट्राभेट ६ सय एम्पुल सहित आइतबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बोदेबर्साईन सप्तरीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
     यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।