मृत अवस्थामा फेला

काठमाडौं, २८ माघ
    प्युठान, पाँचथर, महोत्तरी, संखुवासभा र दार्चुलाका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका   छन् ।
प्युठान, ऐरावती गाउँपालिका-३ राता टाकुरा भन्ने जंगलमा सोही गाउँपालिका बस्ने ४४ वर्षीय बोमबहादुर जिसी आइतबार दिउसो मृत अवस्थामा फेला परेका छन् ।
पाँचथर, मिक्लाजुङ गाउँपालिका-१ वस्ने २२ वर्षीया सदिक्षा आङदम्वे (राई) आफ्नै घरमा सुतिरहेको अवस्थामा आइतबार दिउसो मृत अवस्थामा फेला परेकी छिन् ।
महोत्तरी, मनराशिस्वा नगरपालिका-८ सहस्राम बस्ने मनोज महतोको श्रीमती धनमती देवी महतो आइतबार बिहान मृत अवस्थामा फेला परेकी छिन् । उक्त घटनामा शंकास्पद रहेका मृतकको श्रीमान र भाउजुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
संखुवासभा, खाँदबारी नगरपालिका-११ डिठा गाउँ बस्ने अन्दाजी ७० वर्षीय जगतबहादुर गुरुङ आफ्नै घर नजिकैको केराको फेदमा आइतबार राती मृत अवस्थामा फेला परेका छन् ।
दार्चुला, ब्यास गाउँपालिका-५ स्याखु बस्ने ४८ वर्षीय मान सिंह धामी भारत पिथौरागढ जिल्ला तवाघाट स्थित महाकाली नदीको किनारमा आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।