समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न

सुर्खेत, २८ माघ
  सुर्खेत जिल्लाका विभिन्न स्थानहरुमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत आइतबार जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
 स्थानीय निकाय तथा समाजसेवीको सहकार्यमा आयोजित उक्त कार्यक्रमहरुमा लागूऔषध दूर्व्यसनी, महिला हिंसा न्यूनिकरण, घरेलु मदिरा नियन्त्रण, मानव वेचबिखन र बाल विवाह रोकथाम लगायतका विषयमा जनतेनामूलक कार्यक्रम गरिएको थियो ।
  जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा मातहत कार्यालयहरुबाट आ-आफ्नो क्षेत्र अन्तर्गतका स्थानमा उक्त कार्यक्रमहरु संचालन गरिएको हो ।
कार्यक्रम संचालन गरिएका स्थानहरुमा वीरेन्द्रनगर नगरपालिका-९ तिलपुर, वीरेन्द्रनगर नगरपालिका-१० स्थित ईगरब्रिज  बोर्डिङ्गको होस्टेल, वीरेन्द्रनगर नगरपालिका-६ उषा बालबाटिका बोर्डिङ्ग, वीरेन्द्रनगर नगरपालिका-३ हार वस्टर मुन बोर्डिङ्ग, वीरेन्द्रनगर नगरपालिका-३ सादथ एसियन बोर्डिङ्ग, वीरेन्द्रनगर नगरपालिका-३ होराईजन बोर्डिङ्ग, वीरेन्द्रनगर नगरपालिका-३ सेन्ट मेरिज बोर्डिङ्ग, वीरेन्द्रनगर नगरपालिका-६ गौतमचोक, वीरेन्द्रनगर नगरपालिका-६ पिपलचौतारा, वीरेन्द्रनगर नगरपालिका-१४  साल डाडाँ, लेकवेशी नगरपालिका-१० सात फाट, सिम्ता गाउँपालिका-७ गोजीबजार, चिङ्गाड गाउँपालिका-३ स्थित, वीरेन्द्रनगर नगरपालिका-१ टेम्पो पार्क, सिम्ता गाउँपालिका-८ डाडखाली, सिम्ता गाउँपालिका-४ श्रृजनाबजार, पञ्चपुरी नगरपालिका-५ ताती, पञ्चपुरी नगरपालिका-५ मुरमुरे, बराहताल गाउँपालिका-१ श्रीचौर, बराहताल गाउँपालिका-१ डाडापानी, बराहताल गाउँपालिका-४ तरंगा, बराहताल गाउँपालिका-७ लखरपाटा, बराहताल गाउँपालिका-७ पिङ्गाले, पञ्चपुरी नगरपालिका-७ बुढाखाली, पञ्चपुरी नगरपालिका-७ सिम्ताचौर, पञ्चपुरी नगरपालिका-९ बिधापुर, पञ्चपुरी नगरपालिका-९ कालाबन, चौकुने गाउँपालिका-५ सिमखोला, चौकुने गाउँपालिका-५ राता गैरा, पञ्चपुरी नगरपालिका-३ लामीदम्मार, पञ्चपुरी नगरपालिका-३ तोक्मा, चौकुने गाउँपालिका-९ पलबजार, चौकुने गाउँपालिका-१० घाटगाउँ, चौकुने गाउँपालिका-२ माथिल्लो लगाम, चौकुने गाउँपालिका-६  डाडाखेत, चौकुने गाउँपालिका-६ झकमके, भेरीगंगा नगरपालिका-४ बाउतीचौर, गुर्भाकोट नगरपालिका-७ सुङ्गुर खाल, गुर्भाकोट नगरपालिका-१३  बिसालचौक, गुर्भाकोट नगरपालिका-२ चिउरी डाडा, भेरीगंगा नगरपालिका-११ बसपार्क, गुर्भाकोट नगरपालिका-४ कमालडाडा, लेखबेशी नगरपालिका-५ डाडागांउ, गुर्भाकोट नगरपालिका-३ स्थित नेराप्राबि लामीडाडा, भेरीगंगा नगरपालिका-५ गेरुवानि र भेरीगंगा नगरपालिका-९ ठुलोजात्री रहेका छन् ।
सबै कार्यक्रममा स्थानीय निकायका पदाधिकारीहरू, समाजसेवी, एवम् स्थानीयबासीको सक्रिय सहभागिता रहेको थियो ।