सवारी दुर्घटनामा मृत्यु

कैलाली, २८ माघ
    घोडाघोडी नगरपालिका-११ स्थित सडकमा से.१ त २६६३ नम्बरको ट्याक्टरबाट आइतबार बिहान खसेर गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने  २२ वर्षीया सृजना चौधरीको नर्सिंङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  
    दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।