चोरी गरेका सामान सहित पक्राउ

काठमाडौं, २९ माघ
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-६ बाट चोरी गरेका सामान सहित बारा सिम्रौनगढ नगरपालिका-२ घर भएका १७ वर्षीय रुपेश यादव र ३१ वर्षीय रैजयाल अन्सारीलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका बस्ने रेखा तिवारीको घरमा चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उक्त घरमा रङको काम गर्ने यादव र अन्सारीलाई शंका लागि सोधपुछ गर्दा उनीहरुले चोरी गरी लुकाई छिपाई राखेका सुनका बिभिन्न गरगहना र नगद ५ हजार गरी करिब १ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल फेला पारी पक्राउ गरेको हो ।
     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।