लाठ्ठी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

सल्यान, २९ माघ
आफ्नै बुवा ४० वर्षीय कृष्णबहादुर रानालाई लाठ्ठी प्रहार गरी हत्या गरेको अभियोगमा त्रिबेणी गाउँपालिका-२ ज्यामिरे बस्ने २३ वर्षीय दुर्गबहादुर रानालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ ।
छिमेकीको घरमा बसिरहेको अवस्थामा आफ्नै जेठो छोरा दुर्गबहादुरले घरायसी बिवादको कारण उनलाई लाठ्ठीले प्रहार गर्दा सामान्य अवस्था देखिएकोले मृतकको कान्छो छोराले घर लगि सुताएकोमा मंगलबार बिहान कृष्णबहादुरको मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।