सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ

काठमाडौं, ३ चैत
भन्सार छलि ल्याएको सुन जस्तो देखिने पहेंलो धातुको बाला २ थान र औंठी २ थान समेत गरी करिब १ सय ४० ग्राम सुन जस्तो देखिने पहेंलो धातु सहित गुल्मी छत्रकोट गाउँपालिका-१ पल्लीकोट बस्ने ४९ वर्षीय पदमपाठी पाण्डेलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियामा दुबई एयरको उडानद्वारा आएका पाण्डेको साथमा उक्त धातु फेला पारी प्रहरीले पक्राउ गरेको हो ।  
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।