प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं, २७ साउन
    चन्द्रागिरी नगरपालिका-२ नागढुंगास्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने  कपिलवस्तु बैरा नगरपालिका-८ घर भएका २८ वर्षीय छेन गिरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
    लु.१ ख ९९२३ नम्बरको ट्रक सडकमै पार्किङ गरेको अवस्थामा फेला पारी प्रहरीले कारबाही गर्ने क्रममा ट्रक चालक गिरीले कारबाहीबाट बच्न प्रहरीलाई दिएको उक्त नगद सहित उनलाई प्रहरीले पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।