चोरी गरी लुकाई छिपाई राखेका कम्प्युटर सहित पक्राउ

काठमाडौं, २८ साउन
   काठमाडौं महानगरपालिका-१४ कलंकी चोकमा रहेको कम्प्युटर सोलुसन पसलका संचालक मकवानपुर थाहा नगरपालिका-१२ घर भएका ३६ वर्षीय रुप चन्द्र गोपालीलाई चोरी भएका कम्प्युटरहरु लुकाई छिपाई राखेको अवस्थामा फेला पारी सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
गोपालीले आफ्नै पसलमा कास्कीबाट बिभिन्न समयमा चोरी भएका कम्प्युटरहरु लुकाई छिपाई राखेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले पसल खानतलासी गर्दा बिभिन्न मोडलका सिपियु ५ थान, डेक्सटप १७ थान र ल्यापटप २ थान फेला पारी संचालक गोपालीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।