धारिलो हतियार प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ

काभ्रेपलाञ्चोक, १८ असोज
    आफ्नै छोराले धारिलो हतियार पिक प्रहार गर्दा नमोबुद्ध नगरपालिका-२ सल्लेनी बस्ने ४३ वर्षीय टेकबहादुर तामाङको शुक्रबार राति मृत्यु भएको छ । उनकै छोरा बिजय तामाङले पिक प्रहार गर्दा गम्भीर घाइते भएका टेकबहादुरको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
    अभियुक्त विजयलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।