नियन्त्रित लागूऔषध सहित पक्राउ

काठमाडौं, १८ असोज
    काठमाडौं महानगरपालिका-१४ बल्खु सुकुम्बासी टोल बस्ने खोटाङ राजापही-५ घर भएका २८ वर्षीय सविन कुमार राईलाई नियन्त्रित लागूऔषध नुर्फिन ४७ एम्पुल, फेनारगन ४७ एम्पुल र डाइजेपाम ४७ एम्पुल सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी राईलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।