वन मुद्दाका फरार प्रतिवादी पक्राउ

बारा, २२ कात्तिक
    वन मुद्दाका फरार प्रतिवादी जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने ५० वर्षीय रुस्तम लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । वन मुद्दामा नारायणी अंचल अदालतको २०४७ फागुन ८ गतेको फैसलाले २ महिना कैद र ३ सय ४० रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी पक्राउ गरेको हो ।
    लामालाई जिल्ला अदालत बारामा प्रस्तुत गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानएको छ ।