भरुवा बन्दुक र वारूद सहित पक्राउ

बाग्लुङ, २३ कात्तिक
  काठेखोला गाउँपालिका-५ फुर्सेमाटा बस्ने ३५ वर्षीय रमेश घर्ती लगायत ४ जनालाई भरुवा बन्दुक १ थान र सोही बन्दुकमा प्रयोग हुने बारुद ३ बोतल सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिहुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।