सुन जस्तो देखिने पहेंलो धातु सहित पक्राउ

बारा, २३ कात्तिक
  जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैयास्थित लोकमर्गबाट कम्ब्रेज बैंक ९९९.९ लेखिएको सुन जस्तो देखिने पहेंलो धातु १ केजी सहित निजगढ नगरपालिका-११ रतनपुर बस्ने ४० वर्षीय ओम प्रसाद कुंवरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले निजगढबाट पथलैयातर्फ जाँदै गरेको ना.२२ प.३४४५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक कुंवरको साथबाट उक्त धातु फेला पारेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।