समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक प्रशिक्षण सम्पन्न

रुपन्देही, १६ मंसिर
    बुटवल उपमहानगरपालिका-१२ स्थित कालिका मानवज्ञान उच्च माध्यमिक विद्यालय तथा सोही उपमहानगरपालिका-८ स्थित एभरेष्ट ईङलिस बोर्डिङ उच्च मावि सुख्खानगरमा समुदाय-प्रहरी साझेदारी कार्यक्रमा अन्तर्गत सचेतनामूलक प्रशिक्षण सोमबार सम्पन्न भएको छ ।
    कार्यक्रममा ५ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक डा.गणेश रेग्मीले समुदाय-प्रहरी साझेदारी  अवधारणा, नागरिक प्रहरी सम्बन्ध, लागूऔषध तथा विभिन्न अपराध सम्बन्धमा दुवै विद्यालयका विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुलाई प्रशिक्षण प्रदान गर्नुभयो । भविष्यका नीधि युवा विद्यार्थीहरुलाई सुन्दर भविष्य निर्माणमा सहयोग पुर्‍याउने उत्प्रेरणमूलक प्रशिक्षण दिनुका साथै उहाँले दुबै विद्यालयका विद्यार्थीहरुसँग समसामायिक विषयमा अन्तरक्रिया समेत गर्नुभएको थियो ।
कार्यक्रममा दुवै विद्यालयका प्राचार्यले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।    यस्ता कार्यक्रमले सकारात्मक धारणाको विकास भई अपराध नियन्त्रणमा समेत सघाउ पुग्ने उक्त विद्यालयका शिक्षक तथा विद्यार्थीहरुबाट पृष्ठपोषण प्राप्त भएको उक्त तालिम केन्द्रले जनाएको छ ।