फरार प्रतिवादी पक्राउ

बाँके, १७ मंसिर
    लेनदेन मुद्दामा ३ महिना कैद सजाय ठहर भई फरार रहेकी प्रतिवादी नेपालगंज उपमहानगरपालिका-१८ कारकाँदो बस्ने ३५ वर्षीया गिता कुमारी खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई नेपालगंज उपमहानगरपालिका-१८ स्थित यातायात कार्यालयबाट पक्राउ गरेको हो ।
     खड्कालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बाँकेमा बुझाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।