जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

काठमाडौं, १७ मंसिर
    काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित मकवानपुर हटौंडा उपमहानगरपालिका-६ घर भएका ३९ वर्षीय दिपक राउतको दिपक खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई नगद ६९ हजार रुपैयाँ र १ बुक तास सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।