अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, १७ मंसिर
    काठमाडौं महानगरपालिका-८ जयवागेश्वरीस्थित सडक किनारबाट अवैध लागूऔषध खैरो हेरोइन ९ ग्राम, डिजिटल तराजु १ थान, १० हजार रुपैयाँ र नागरिकताको फोटोकपी सहित झापा बाह्रदशी गाउँपालिका-२ ठेगाना सहित २७ वर्षीय रबि बानियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।