अवैध लागूऔषध गाँजा सहित पक्राउ

काठमाडौं, २ फागुन
    चन्द्रागिरी नगरपालिका-२ नागढुङगाबाट अवैध लागूऔषध गाँजा २ किलो सहित रामेछाप दोरम्बाका भिम बहादुर मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
    महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख.६२५१ नम्बरको यात्रुबाहक सवारी साधनलाई जाँच  गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।