नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ

 काठमाडौं, ३० वैशाख २०७७
 सिरहा, भगवानपुर गाउँपालिका-३ लालपुरबाट नियन्त्रित लागूऔषध १ सय एमएलको डाईलेक्स डिसी ३० बोतल सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भगवानपुर गाउँपालिका-३ अभयनगर बस्ने बिआर ३२ एक्स ८४६१ नम्बरको मोटरसाइकल चालक १९ वर्षीय परितोष कुमार यादव र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय  कृचन शरण यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त मोटरसाइकल जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि उनीहरुलाई मोटरसाइकल सहित पक्राउ गरेको हो ।
धनुषा, नगराईन नगरपालिका-६ बाट सोही ठाउँ बस्ने २४ वर्षीय असोक कुमार मंडललाई नियन्त्रित लागूऔषध १ सय एमएलको ईक्सीप्लोन सिरफ २ बोतल, नाईट्राभेट ३१ ट्याब्लेट र स्पास्मो प्रोक्सिभोन ३ क्याप्सुल सहित सोमबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी डेविडिया धनुषाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।