जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

भक्तपुर, ३१ वैशाख २०७७
    १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर नगरपालिका-८ लिवाली डेरा गरी बस्ने सोही नगरपालिका-७ गोलमढी घर भएका ५९ वर्षीय रत्नप्रसाद शाहीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
शाहीले ती बालिकालाई आफ्नो कोठामा बोलाई ललाइफकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।