अवैध घरेलु मदिरा भट्टी नष्ट

बारा, ३१ वैशाख २०७७
  कोल्हवी नगरपालिका-१० बछनपुर्वा टोलबाट अवैध घरेलु मदिरा उत्पादन गर्ने १२ ओटा भट्टीबाट अन्दाजी १२ हजार लिटर कच्चा पदार्थ र १ सय लिटर तयारी मदिरा मंगलबार प्रहरीले नष्ट गरेको छ । उक्त स्थानमा अवैध घरेलु मदिरा उत्पादन भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उक्त मदिरा नष्ट गरेको हो ।
यसैगरी प्रहरी चौकी मुसहर्वा बारा र अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले विश्रामपुर गाउँपालिका-५ ईटियाही र कलैया उप-महानगरपालिका-९ मा अवैध रुपमा संचालित २ ओटा भट्टीबाट अन्दाजी २ हजार लिटर कच्चा पदार्थ नष्ट गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।