अवैध रुपमा लगाएको अफिम खेती नष्ट गरिएको

रुकुम(पूर्व), ३१ वैशाख २०७७
  पुथा-उत्तरगंगा गाउँपालिका-८ "ध" स्थित ३ रोपनी जमिनमा अवैध रुपमा लगाएको अफिम खेती मंगलबार प्रहरीले नष्ट गरेको छ । प्रहरी चौकी जाङ रुकुम (पूर्व) बाट खटिएको प्रहरीले उक्त अफिम खेती नष्ट गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।