अवैध लागूऔषध गाँजा सहित पक्राउ

बारा, ३१ वैशाख २०७७
  निजगढ नगरपालिका-१२ रामथली टोल बस्ने २६ वर्षीय सागर लामा र सोही ठाउँ बस्ने ४० वर्षीय कृष्ण लामालाई अवैध लागूऔषध गाँजा करिब १३ केजी ५ सय ग्राम सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जितपुर सिमरा उपमहानगरपालिका-१६ स्थित सडकमा अवैध लागूऔषध गाँजा ओसारपसार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले बा.३३ प ७८७७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।