अवैध रुपमा ४ रोपनी जग्गामा लगाएको अफिम नष्ट गरिएको

 रुकुम (पूर्व), १ जेठ २०७७
 पुथा-उत्तरगंगा गाउँपालिका-१ मैकोट धाराखोलास्थित अन्दाजी ४ रोपनी ऐलानी जमिनमा अवैध रुपमा लगाएको अफिम  बिहीबार बिहान प्रहरीले नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय मैकोटबाट खटीएको प्रहरी टोलीले उक्त अफिम काटी, उखेली नष्ट गरेको हो ।
 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।