स्रोत नखुलेको नगद सहित पक्राउ

काठमाडौं, २०७७ असार १६ गते
 काठमाडौं महानगरपालिका-१४ कुलेश्वरबाट स्रोत नखुलेको नगद ६५ लाख ८ हजार रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने बारा जितपुर घर भएका ४७ वर्षीय रमेश सिंह र काठमाडौं कुलेश्वर बस्ने भारत घर भएका २५ वर्षीय रवि शंकर सिंह  रहेका छन् । उक्त स्थानमा अवैध नगद कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।