घरको मुल ढोकाको ताल्चा फुटाउँदै गरेको अवस्थामा पक्राउ

भक्तपुर, २०७७ असार १७ गते
    मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने मिना केसीको घरको मुल ढोकाको ताल्चा फुटाउँदै गरेको अवस्थामा सोही ठाउँ बस्ने दोलखा घर भएका सुजन तामाङ लगायत ५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
चोरी गर्ने उद्देश्यले ढोकाको ताल्चा फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।