खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

दाङ, २०७७ असार १७ गते
    आफ्नै २७ वर्षीय छोरालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा दंगिशरण गाउँपालिका-५ नौबस्ता बस्ने ४६ वर्षीय खुसीराम चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
सामान्य घरायसी बिबादका कारण खुसीरामले छोरालाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनसाथ  ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर हुँदै थप उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।