अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं, २०७७ असार १७ गते
    रुपन्देही, सैनामैना नगरपालिका-५ बक्सड डाँडाबाट अवैध लागूऔषध जस्तो देखिने खैरो धुलो ५ ग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाल्पा रिब्दिकोट गाउँपालिका-७ बस्ने २७ वर्षीय सुसान्त रायमाझी र रुपन्देही बुटवल उपमहानरपालिका-१२ तामनगर बस्ने २५ वर्षीय प्रकाश थापा रहेका छन् । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय रन्यौरा र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
    रौतहट, चन्द्रपुर नगरपालिका-४ स्थित सडकबाट अबैध लागूऔषध गाँजा ४ केजी सहित कटहरिया नगरपालिका-१ बस्ने २० वर्षीय दुर्गा दास समेत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले बीआर २२ यू १७५६ नम्बरको मोटरसाइकल जाँच गर्ने मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।