अवैध लागूऔषध ब्राउन सुगर सहित पक्राउ

दाङ, २०७७ असार २८ गते
    घोराही उपमहानगरपालिका-१४ मिलन चोकबाट अवैध लागूऔषध ब्राउन सुगरसहित सोही स्थान बस्नेहरू २९ वर्षीय सागर केसी भन्ने दुर्गा बहादुर खत्री र २९ वर्षीय कमल पुनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
    वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले खत्रीको साथबाट ५ सय ५० मिलिग्राम र पुनको साथबाट ६ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा सोही उपमहानगरपालिका-१५ बस्ने ३६ वर्षीया लक्ष्मी देउवालाई समेत प्रहरीले पक्राउ गरेको छ ।  
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।